चंचल मन

चंचल मन

-पारस भट्ट प्यासी
धमिराले पनि ठुलो घर बनाइसक्यो
कागले पनि गुड थापिसक्यो
वसन्त ॠतु पालुरी पलाएका छन्
कोइली चरीले मधुर स्वरमा
गित गुनगुनाउन थालेको छ
माहुरीहरु पनि बनपाखा,
खेतबारीमा डुलिरहेका छन्
फुल खोजिरहेका छन्"
गाई भैंसी चौरमा चर्दैछन्
माझी दाइले नदिको किनारमा
जाल हानीरहेका छन्
दौँतरीले पौडी खेलिरहेका छन्

आजभोली किन आउँदैनन् खै
तिम्रा गुड मर्निङ हेलो हाइ मेसेजहरु
फौन पनि सुइच अफ बताउँछ
भेट नभएको पनि महिनौँ भयो
मनमा खुलदुली जागेको छ
मन कता कता भागेको छ
बिहेको महिना लागेको छ
बाजागाजा बजेका छन्
भोज भतेर धुमधाम छ
बालबच्चाहरुले सिट्टि फुक्दैछन्
बेलौना उडाउदैछन

मलाइ पनि त तिम्रो बोली
सुन्न मन लागेको छ,
सँगै बसेर मिठा मिठा प्रेमिल बात
गर्न मन लागेको छ"
तिमिलाइ देख्न ,तिमिलाइ भेट्न
आत्तुर भएको छ

गहुँबाली पनि पाकिसक्यो
खेतममा किसानहरु झुमिरहेका छन्
नव दुलहीले गहुँका बाला काट्दैछन्
शान्ती भाउजुको पिठ्युँमा
हरियो स्याउलाको भारी कत्ती सुहाएको छ
सल्लेरी बनमा सल्ला सुसाइरहेका छन्

संगैका साथिहरु सबै बिदेश
पलायन भैसके
पैसा कमाउन थाली सके
रमाउन थाली सके
बस मलाइ तिम्रो यादले
हर्पल पिरोलेको छ
कहिले यता कहिले उता
बेस्सरी लखेटेको छ,
छट्पटी भएको छ !

भोक प्यास सबै हराइ सक्यो
निन्द्रा त आजभोली लाग्दै लाग्दैन
उदास लागिरहन्छ,टोलाइरहन्छु
हाँस्न खेल्न सबै छोडिसके
एकान्त र शान्त बाताबरण मन पर्छ,
दिन भन्दा अँध्यारो रात प्यारो लाग्छ
जुनसंग त रिसाएको छु
म यत्ती बहकिएको छु
तर पनि सम्हालिएको छ
चंचल मन !!

सुदुरपश्चिम बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्