रङ्गिएको बिहानी

रङ्गिएको बिहानी

-अम्बिका अधिकारी
इच्छा चोखो अनुगमनमा मार्गको बोध राम्रो
गोड्ने बाली सहज पसिना पोख्न उत्साह हाम्राे
साेझाे बानी विकसित भयाे मेल विश्वास साथ
आमा पाएँ सहृदय कला स्नेह गाथा प्रगाढ ।

नेपालीको घर घर पुगी दैन्यको नाश गर्ने
भ्रष्टाचारी थरथर बनून् दुष्टमा त्रास भर्ने
आकांक्षाका वरपर घुमी साँझमा आरती यो
गर्दै जाने रहर चुलियो साथ उत्साह निको ।

दानापानी उचित पलमा बाँडिएको कहानी
सादा बानी हरित सुकिलो रङ्गिएको बिहानी
सेवा गर्ने सुअवसरको प्राप्त निम्तो मलाई
पाएको हो उचित जननी चाख गर्ने भलाइ ।

ध्वस्तै पार्ने सब किसिमका वैरता पजिन्दगानी
आमा प्रज्ञा मुखरित गरून् नाम अम्बे भवानी
साथी सङ्गी पुलकित बनून् भर्ने आनन्द सत्ता
आनीबानी सरल भरियोस् जीवनीको महत्ता ।

सेवा गर्दा मन खुस बनोस्, फालियोस् रोग शोक
सच्चा आस्था प्रमुदित बनोस् झल्मलाओस् निरोग
आमा आज्ञा सहजसित होस् भर्न मिष्ठान्न मेवा
गर्नै सच्चा हृदयसित होस् राष्ट्रको धन्य सेवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्