गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-रोमा लम्साल "नुरा"
थ्यो कठिन चिन्न चित्र हेरेर
छन् भन्यौ भिन्न चित्र हेरेर

हुन त यो चित्र पोखरीकै हो
प्यास मेटिन्न चित्र हेरेर

काँधको हूँ म काँध बा'को हो
मन समालिन्न चित्र हेरेर

चम्किलो देखेरै होला सायद
तम्सियौ किन्न चित्र हेरेर

छौ तिमी मात्र मेरो आँखामा
मन नगर खिन्न चित्र हेरेर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्