फिल्म’मनसरा’ को गीत ‘झ्यालको’ सार्वजनिक

फिल्म’मनसरा’ को गीत ‘झ्यालको’ सार्वजनिक

विराटनगर । लेखक, निर्देशक एवं कवि उपेन्द्र सुब्बा निर्देशित फिल्म 'मनसरा' को गीत 'झ्यालको'सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक गीतमा सनुप पौडेल र झुमा लिम्बुको स्वर छ। झुमाकै संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्।

भिडिओमा फिल्मका शीर्ष कलाकारहरू दयाहाङ राई, मिरूना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायत प्रस्तुत छन्।

गीतले पात्रहरूको मनोदशा प्रस्तुत गर्छ। फिल्म 'मनसरा' लाई उपेन्द्र सुब्बाले लेखन एवं निर्देशन गरेका हुन्। उनले समाजको मिश्रित कथा फिल्मले प्रस्तुत गर्ने बताएका छन्। गतवर्षको हिट फिल्म 'जारी’ पछि उपेन्द्रको यो दोस्रो फिल्म हो।

फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, नेनाहाङ राई, विप्लव प्रतीक, जीवन बराललगायत कलाकारहरूको पनि अभिनय छ।

छायांकारसमेत रहेका शैलेन्द्र कार्की यो फिल्मको निर्माता हुन्।

भिडिओ हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्