आफन्तले बैंकको ऋणमा डुबाएपछि विराटनगर–८ का एउटै परिवारले लिए गलत निर्णय, चारजना अस्पताल भर्ना

आफन्तले बैंकको ऋणमा डुबाएपछि विराटनगर–८ का एउटै परिवारले लिए गलत निर्णय, चारजना अस्पताल भर्ना

विराटनगर । विराटनगर–८ मा एकै घरपरिवारका बाबुआमा र दुई छोरीले विष सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ । बैंकको ऋण लिएर अर्कोलाई दिएका ४० वर्षीय मो.अनवरले बारम्बार फिर्ता माग्दा नदिएपछि मुसा मार्ने औषधी लिएर घर पुगेका थिए । बैंकले कर्जा चुक्ता गर्न भाखा दिएपछि परिवारले नै आफन्तले फसाएको भन्दै विष खाएको प्रहरीले बताएको छ ।

मो. अनवर कोशी अस्पतालको आईसियुमा उपचारतः रहेका छन् । उनले नातामा जेठान पर्ने मो.जुबेरलाई ६ वर्ष अगाडी ६ लाख रुपैँया बैंकबाट झिकेर दिएका थिए । उक्त पैसाको किस्ता नबुझाएपछि ब्याजले थेगिनसक्नु अवस्थामा पुगेको थियो । पछिल्लो समय बैंकले भाखा नाघेको सुचना पठाएपछि उनी आफन्तसँग जुध्न नसक्ने भएको भन्दै बिक्षिप्त बनेका थिए ।

दाई बिक्षिप्त भएर मुसा मार्ने विषादी सेवन गर्ने अवस्थामा पुगेपछि भाउजु सैवुन खातुन, भतिजीहरु सदिया खातुन र सविया खातुनले समेत प्रयोग गरेछन्, अनवरका भाई कुवेत मियाँले भने । कुवेतका अनुसार दाई अनवर र छोरी २२ वर्षीया सदिया अहिले कोशी अस्पतालको आईसियुमा छन्, भाउजु ३५ वर्षीय सैवुन र १५ वर्षीया छोरी सविया खातुनको अवस्था सामान्य रहेको छ ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बैंकको ऋणमा डुबेको भन्दै परिवारले विष खाएपछि उनीहरुको कोशीमा उपचार भईरहेको सुचना रहेको बताए । उनले अहिलेसम्म चारैजना खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्