‘बोक्सीको घर’ सुपरहिट हुँदा सपना जस्तै लागिरहेको छ : केकी अधिकारी

<span class='c1'>‘बोक्सीको घर’ सुपरहिट हुँदा सपना जस्तै</span> <span class='c2'>लागिरहेको छ : केकी अधिकारी</span>

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बक्सअफिसमा फ्लप साबित भयो । २०७५ वैशाख १४ मा रिलिज यो फिल्मलाई बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप पनि लाग्यो ।

विशाल भण्डारीको डेब्यू निर्देशन रहेको फिल्ममा केकी सहायक निर्मात्री छिन् । पहिलो फिल्म असफल भएका ६ वर्षपछि केकीले निर्माण गरेको दोस्रो फिल्म ‘बोक्सीको घर’ यतिबेला थिएटरमा हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको यो फिल्ममा विशेषत महिला दर्शकको उल्लेख्य उपस्थिति छ ।

‘बोक्सीको घर’मा केकीकै प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा सीमित पत्रकारमाझ गरेको अन्तरक्रियामा अभिनेत्री केकीले ‘कोहलपुुर एक्सप्रेस’ले धेरै कुरा सिकाएको खुलाइन् ।‘फिल्मको कथावस्तु बलियो भएमा फिल्म सफल हुन्छ भन्ने कुरा बोक्सीको घरबाट थाहा पाएँ । कोहलपुर एक्सप्रेसबाट पाठ सिकें । त्यो फिल्ममा पनि बलियो कथा भइदिएको भए सफल हुन्थ्यो’, उनले भनिन् ।

उनले ‘बोक्सीको घर’ सुपरहिट हुनु आफ्ना लागि सपनाजस्तै रहेको खुलाइन् । ‘फिल्म अझै पनि हिट भएको हो कि होइन भन्ने लागिरहेको छ’, उनले भनिन्, ‘फिल्म हिट हुँदा उर्जा महशुस हुँदोरहेछ । उनले चाँडै नै ‘बोक्सीको घर’को सिक्वेल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
केकीको कुरामा सहमति जनाउँदै निर्देशक सुलक्षण भारतीले दोस्रो भागका लागि स्क्रिप्ट लेखनको काम पुरा भइसकेको बताए । उनले बीचमा एक फिल्मको काम गरेर ‘बोक्सीको घर २’ बनाउने जानकारी दिए ।

‘मैले बोक्सीको घरको पहिलो भाग सकेर दोस्रो भागको कथा लेखिरहँदा केकीजीलाई दोस्रो भागको कथा तयार भयो भनेर जानकारी दिएको थिएँ । तर केकीजीले पहिलो भागलाई हेरेपछि मात्र दोस्रो भागको तयारी गर्ने भन्नुभयो’, सुलक्षणले भने । फिल्मका वितरक डीसीएनका अशोक शर्माले फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी दिए । उनका अनुसार फिल्मले काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रस गरेको छ ।

‘फिल्मले यस्तो आक्रामक व्यापार गर्छ भन्ने हामीले कल्पना गरेकै थिएनौं । सामान्यतया काठमाडौं उपत्यका र उपत्यका बाहिरको कलेक्सन ६० र ४० प्रतिशतको हुन्छ । तर बोक्सीको घरको कलेक्सन बराबर छ । कुनै दिन त उपत्यका भन्दा बाहिरको बढी कलेक्सन छ’, शर्माले भने,‘अधिकांश स्थानमा महिला दर्शकको भीड छ । महिला दर्शकको संख्या हलमा बढ्नु भनेको त्यो फिल्मले अझै लामो यात्रा गर्छ भन्नु हो । किनभने ‘बोक्सीको घर’ अहिलेसम्म डगमगाएको छैन ।’फिल्ममा केकी अधिकारी, रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटालगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्