‘मनसरा’ को प्रिमियरमा दुई जना प्राविधिक सम्मानित

‘मनसरा’ को प्रिमियरमा दुई जना प्राविधिक सम्मानित

विराटनगर । ‘मनसरा’ को प्रिमियरमा लामो समय प्रविधिमा काम गर्दै आएका दुईजना प्राविधिलाई सम्मान गरिएको छ ।

बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा प्रिमियर शोको आयोजना गरिएको थियो । सोही प्रिमियरमा ५० हजार नगदसहित सिनेमामा प्राविधिकको रुपमा ४ दशक यता निरन्तर काम गरिरहेका महेन्द्र लामा र ३ दशक देखि निरन्तर काम गरिरहेका भरत दराईलाई सम्मान गरिएको थियो ।

सिनेमालाई टिमवर्कको रुपमा हेर्दै ‘मनसरा’ मेकरले सिनेमाको महत्वपुणर् मेरुदण्ड मान्दै लामा र दराईलाई सम्मान गरेको चलचित्र निर्माण टिमले जनाएको छ । कवि एवम् लेखक उपेन्द्र सुब्बाद्धारा लिखित र निर्देशनमा रहेको चलचित्र मनसरा विराटनगरमा पनि बिहिबार प्रिमियर गरिएको थियो । भाटभाटेनीमा रहेको क्युएफएक्समा गरिएको प्रिमियरमा लेखक, कवि, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र मनसरा आजबाट दशैभरको हलमा प्रदर्शनीमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्