-सविना श्रेष्ठ
जस्तो जस्तो परेपनी झेलुँला तेसोनभन
तिम्रै नामको चिठी लेखुँला तेसोनभन
नदि किनारमा उभिएरै भएपनी प्रियमन
प्रेमको काँडेतारले बेरुँला तेसोनभन
आगोझै जलेको यो मन अनि जवानीलाई
तिम्रो हातको घुम्टोले छेकुँला तेसोनभन
खाली सिउँदोमा एकधर्को सिन्दुर लगाउँदै
मरभुमिमा सक्दो पसिना बेचुँला तेसोनभन