-लक्ष्मी रायमाझी
म आफैं हराएको जिन्दगानी खोज्दैछु ।
कहिल्यै नअस्ताउने बिहानी खोज्दैछु ।
बाध्यता र चाहना बीचमा कहाँ छु म ?
आफ्नै अस्तित्वको निशानी खोज्दैछु ।
भावनामा र कल्पनामा बहनु बहकाइ हो
यथार्थ मन्थन गर्न सक्ने मदानी खोज्दैछु ।
स्वाभिमान र अभिमान फरक छुट्टिएको
आत्मसम्मानले जिउने बानी खोज्दैछु ।
यो चराचर नियाल्न अन्तर्दृष्टि चाहिन्छ
प्रदीप्त ज्योति आँखाको नानी खोज्दैछु ।