आमा

<span class='c1'>आमा</span> <span class='c2'></span>

- आरजे महेश भट्टराई
आमा आज तिम्रो मुहार हेर्ने दिन
तिमी दु:खी हाेइन सुखी हेर्ने दिन ।

लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छाेड्ने ,
जिउँदै फर्किए ठिकै थियो बाकसमा आउँछन् आमा काे छ र यहाँ कसले देख्ने ।

वृद्धा आश्रम हुँदैछ दिन दिनै आमा तिम्रो आफ्नो जन्म दिने देश,
लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू पर्खदैंछ आमा कस्तो भयो विचित्रको याे परिवेश ।

डाँडामाथिकाे जुन,घाम तिमी कतिखेर के हुन्छ आमा पीडा कसलाई भन्ने ,
सत्तामा मस्त नेताहरूले नै आज खै के बनाए आमा युवा नभएको देश ।

वेराेजगारी समस्याले नै आमा तिमी अनि मलाई छुट्याएको छ ,
मरे , बाँचे दैवले साँचे आमा आउँदो मातातीर्थ औंसीमा भेटाैंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्