विराटनगरमा केरा बोकेको पिकअपबाट २५० केजी गाँजा बरामद, एक पक्राउ

<span class='c1'>विराटनगरमा केरा बोकेको पिकअपबाट २५०</span> <span class='c2'>केजी गाँजा बरामद, एक पक्राउ</span>

विराटनगर । मोरङमा प्रहरीले काँचो केरा लोड भएको पिकअप भेनबाट २५० केजी गाँजा बरामद गरेको छ । भारत लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।

मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको पिकअप भेनमा गाँजा लैजादै गरेको सुचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको बताएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो । भेडिारी हुँदै भारत कटाउने तयारी रहेको गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राई छन् । चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्