फिल्म ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने

<span class='c1'>फिल्म ‘शिरफूल’ असार ७</span> <span class='c2'>गतेबाट प्रदर्शनमा आउने</span>

काठमाडौं । निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ ।‘शिरफूल आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ’शिरफूल’ भनिएको हो’, निर्देशक मगरले भने, ‘फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गरिएको छ ।

फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।

फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेले स्वर दिएका छन् । फिल्ममा अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको छ ।
फिल्म आरआर फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ । निर्देशक कमलको निर्देशनमा यस अघि फिल्म ‘डेसान’ प्रदर्शनमा आई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्