गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-एन्जिला थामी
मरेकै सरह भएर पनि अहो बाची रहेछ
प्रेमी थियो ऐले पागल जस्तो बाची रहेछ

सत्यहरु हुर्कन नपाउदै मारिन्छन के गर्नु
अनेकौ झुटहरु भएर नी बूढो बाची रहेछ

हरकोही कसैको अस्तित्वको लागि बाच्छन
डल्लै घरको सुरक्षामा आग्लो बाची रहेछ

प्रष्टै देखिन्छ कसरी मारे मेरा छोरीहरुलाई
च्यातिएको चोलो रग्ताम्मे भोटो बाची रहेछ

मुटु मानेको छोराले हेरेन भनेर नदुख न आमा
यहाँ अझै तिम्रो अर्को कलेजो बाची रहेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्