गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
किन सोध्छौँ हालखबर मुटु दु:खिरहेछ
मुस्कुराउने परेली त्यसै त्यसै रुझिरहेछ।

जिन्दगी घिस्रीदै खोट बोकेर जियो प्रिय 
बुझ्दैछु प्यास मेटाउने धारा सुकिरहेछ।

म म बन्न नसकेको बेला के भनौ भन अब
तिनै यातनले पल पल मलाई लुछिरहेछ।

धमिलो पानी सङ्लो देख्ने मेरा यिनै आँखा
आज प्रेममा बाधिएको त्यो बन्धन चुटिरहेछ।

नौलो हो या पुरानो नितिहो खै बुझ्नै सकिन
यता मारेर उता बगैंचामा फूल फुलिरहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्