उदयपुरको सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद

<span class='c1'>उदयपुरको सिसौलीघाटबाट दुई सय</span> <span class='c2'>८० किलो गाँजा बरामद</span>

उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा बिहान करिब ७ बजेको समयमा गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्ता गाँजा बरामद गरिएको हो ।

गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि भेटिएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको थापाले जानकारी दिए।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्