डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस् ’

<span class='c1'>डेढ अर्ब ठगी आरोप लागेका लामा</span> <span class='c2'>भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस् ’</span>

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए। उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए । उनले भने,‘मास्कखोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्‍यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँमैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्गपार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँफिर्ताको मागदिएर लामा विरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ। त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्ध समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङ विरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्