मन्त्री चौधरी र इजरायली राजदूतबीच भेट, विपिनको रिहाइमा पहल गर्न आग्रह

<span class='c1'>मन्त्री चौधरी र इजरायली राजदूतबीच भेट,</span> <span class='c2'>विपिनको रिहाइमा पहल गर्न आग्रह</span>

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ ।

विहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन ।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल -इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन ।

इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला)लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन ।
यसैबिच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरिन । गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए ।

नेपालमा समानता, सशक्तीकरण, निणर्ायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले अवसरको हिसाबमा पनि धेरै अवसरहरूका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर गिभर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्