मैथिली भाषामा शपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

<span class='c1'>मैथिली भाषामा शपथ लिएर मुख्यमन्त्रीको</span> <span class='c2'>काम थाले सतिश सिंहले</span>

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शुक्रबार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका थिए ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिईन् । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दाबी पेस गरेका थिए । सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा मुखयमन्त्रीमा नियुक्त भएका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्