रंगेली नगरपालिकामा तोडफोड, नगर प्रहरीमाथि आक्रमण

रंगेली नगरपालिकामा तोडफोड, नगर प्रहरीमाथि आक्रमण

रंगेली । मोरङको रंगेलीमा नगररक्षक (नगरप्रहरी) माथि आक्रमण भएको छ । निजी विद्यालयले मनपरी शुल्क लिएको र शिक्षक छनोटमा समेत मनोमानी गरेको भन्दै नगरपालिका पुगेका उनीहरुले नगर प्रहरीमाथि आक्रमण गरेका हुन् ।

मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहीबार नगरपालिका भित्र भएको घटनामा संलग्न छजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । विद्यार्थीहरुलाई नगरपालिका भित्र रोकतोक गर्न खोज्ने ४ जना नगरप्रहरीहरू घाइते भएका छन् ।

नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेसँग कुराकानी गर्ने क्रममा विद्यार्थीहरुले दुर्व्यवहार गरेको आरोप छ । त्यसक्रममा नगर प्रहरीले विद्यार्थीहरुलाई धक्कामुक्का लगाउन खोजेका थिए । त्यसपछि झडप भएको थियो ।

प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई आक्रमण गरेको आरोपमा पक्राउ गरेको छ । प्रवक्ता बस्नेतले उनीहरुलविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएर थप अनुसन्धान भईरहेको बताएका छन् ।

विद्यार्थीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । नगरपालिकाले कुनै चासो नराखेपछि घटना हुने अवस्था सिर्जना भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्