गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन : नेता पौडेल

<span class='c1'>गृहमन्त्रीमा राजनीतिक नैतिकता देखिएन</span> <span class='c2'>: नेता पौडेल</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबीन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ ।

शनिवार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले सहकारी विषयमा छानबिन समिति बनि सकेपछि पनि पदमा बसिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ जस्तै हो भने । नैतिकता बोध नगरिने अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीरविषय रहेको बताए ।

‘कांग्रेसले ७३ लाख जनता जोडिएको एउटा मुद्दालाई निर्णायक मोडमा पुर्‍याएको छ । कांग्रेसले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूणर् रुपमा दुरुपयोग मुद्दा उठ्न नदिन, गुपचुप राख्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको स्थिति थियो,’ उनले अगाडि भने, ‘हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिरहेका छौं उहाँले राजीनामा दिनुपर्दैन भनेर फकाउने काम भएको छ ।’

उनले भने,‘कोही नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन भयो, त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास एउटा गम्भीर प्रतिगामी कदम हो । ’उनले नेपाली राजनीतिमा जसलाई प्रश्न छ उनलाई छानविन गरिएको र तिनै व्यक्तिले सत्ता चलाउने खालको अभ्यास भइरहेको भन्दै त्यस्तो प्रबृत्ति कांग्रेसले अन्त्य गरेर छाड्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्