बुद्ध आऊ तिमी

<span class='c1'>बुद्ध आऊ</span> <span class='c2'>तिमी</span>

-शारदा भट्टराई
सभ्यता मासियो द्वेष बढ्दै गयो !
व्यक्तिमा आसुरी भाव चढ्दै गयो !!
खिन्नता भिन्नता जम्न थाले झनैँ !
बुद्ध आऊ तिमी डुब्न लागे सबै !!१!!

व्यक्तिको सोचको तिक्त आभासले !
रुन्छ मान्छे सधैँ न्यायको अन्त्यले !!
चेतना वैलियो घामको साग झैँ !!
बुद्ध आऊ तिमी शान्ति जागोस् अझै !!२!!

धर्मको पालना प्रेमको भावना !
छैन कुण्ठा भयो शान्तिको चाहना !!
आस मार्दै छ रे शीतको भेलले !
बुद्ध आऊ तिमी कान्ति छाओस् भरे !!३!!

ज्ञानको खोजमा पन्थ गौँडा सबै !
खिन्नको बासमा बस्दछन् मौन झैँ !!
निभ्न लागे सबै व्यक्तिका माधुरी !
बुद्ध आऊ तिमी छर्न यो माधुरी !!४!!

शुद्धता मासियो स्वच्छता भासियो !
शिष्टता तर्सियो दुष्टता बर्सियो !!
बुद्ध बौद्धिकता बुझ्न बाँकी जहाँ !
बुद्ध आऊ तिमी ज्ञान ल्याऊ त्यहाँ !!५!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्