गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-पुष्पा नेपाल (सुवेदी)
दियौ फूल रातो पियारा गजबको
भने सबले आहा नजारा गजबको

मलाई फसायौ थुनी जालभित्र
नयनले गरेर इसारा गजबको

हुँदा एक्लो कोही समाल्ने थिएनन्
मिल्यो आज तिम्रो सहारा गजबको

बढेको छ नक्कल खुबै ठाँट पार्छ्यौ
सजाएर शिरमा सितारा गजबको

भरी प्यार मीठो गऱ्यौ छेडखानी
वचनले चलाएर आरा गजबको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्