-गणेश तिमल्सिना 'गति'
आँखा जुधेर हरदम बाेली फुटेन कैले
धड्कन थियाे भराेसा मनले बुझेन कैले ।
हान्याेै पगाल्न घनले चाेटै अभाव खड्क्याे
खै के दियाै तिमीले साफै दुखेन कैलै ।
जम्थ्याे चुहेर पानी भन्थ्याै निकास खुल्याे
बार्है छ मास टिलपिल सुक्दै सुकेन कैले ।
ढाक्ने विचार लाखौं प्रयास लम्कदै थ्याे
फैलेछ गाेप्य हल्ला साँचाे छुपेन कैले ।
कस्ताे रहेछ माया जुत्ता खिएर धायाे
मात्रै सहर पसेथ्याे फाेनै उठेन कैले ।