गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधार सम्म
कमसेकम गर्न पाइन्थ्यो प्रेमको उपचार सम्म

यो सरकार पटकपटक कर्णाली पुगेको हो
कर्णाली पुग्न सकेको छैन अझै सरकार सम्म

मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ !
गर्नेले गरिरहेछन् शरिरको ब्यापार सम्म

आज जुत्ता लगाउने हैसियत बन्यो मेरो
हिजो त खाली खुट्टै आउथें तिम्रो बजार सम्म

म बिरामी परेको खबर कसरी कानमा पुग्यो ?
आफ्नाले तयार गरेछन् मृत्युको शृङ्गार सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्