-दीपा तिम्सिना
आफू हारेर पनि सधैं खुसी दिएको मान्छे
उस्कै ईच्छा पूरा गर्दा गर्दै रितिएको मान्छे
मरूभूमि झै जीबनमा के अर्थ भो रङ्गको
तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे
सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी
सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे
साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानमा
कता गयौं खै बिच बाटोमा भेटिएको मान्छे?
प्यासि बनेर आएथ्यो यहाँ तृष्णा पूरा गरेपछि
उतै अस्तायो आउँछु भनि निस्किएको मान्छे।