-लक्ष्मी रायमाझी
अतृप्त चाहना
अधुरो सपना
मधुरो दीप
खण्डित हुन्छन्
साकार रूप
न बनुन्जेल!
अफसोस्
प्रयत्नरत मन
प्रबल इच्छाशक्तिमा
घुमिरहन्छ
परिक्रमाको वरिपरि
अखण्ड ज्योति बनेर
काम फत्ते नगरुन्जेल!
सुख
शान्ति
समृद्धिको गोलार्धलाई
धप्धपाएर
मेरो अखण्ड ज्योति!!