प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि

<span class='c1'>प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको</span> <span class='c2'>छलफल मंगलबारदेखि</span>

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान बोलाएको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा दलहरूले अध्ययनका लागि समय माग गरेपछि विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि मात्रै प्रारम्भ हुने भएको हो ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो । तर विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्नुपर्ने भन्दै दलहरूले समय मागेका थिए । बैठकमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सचेतक सुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्