नेराक संगठन (नेपाल बैक)मा श्रेष्ठ निर्विरोध निर्वाचित

<span class='c1'>नेराक संगठन (नेपाल बैक)मा</span> <span class='c2'>श्रेष्ठ निर्विरोध निर्वाचित</span>

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड कोशी प्रदेश समितिको अधिवेशनबाट शिव श्रेष्ठ पुनः निर्वाचित भएका छन् । अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति पनि चयन भएको छ । जसमा उपाध्यक्ष प्रमोद राजवंशी, सचिव सचिन नेपाल, सह–सचिव निरज भुजेल, कोषाध्यक्ष देबेन्द्रकुमार दिपक निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिपेन पिठाकोटे, समीक्षा घिमिरे, विनिता खतिवडा, रचना दाहाल, कमल गिरी, पंकजकुमार राजबंशी, सन्तोष सुब्बा, अस्मिता शाक्यलगायत निर्वाचित भएका छन् ।

अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कोशी प्रदेश समिति अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), माओवादी कोशी प्रदेश समिति उपाध्यक्ष कर्मचारी फ्याक्सन इन्चार्ज बिजय साम्पाङ, संगठनका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद सुवेदी तथा महासचिव मोहन श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन महांसघका केन्द्रिय सचिबालय सदस्य रेवती ढुङ्गाना, प्रदेश अध्यक्ष गीता आचार्य र सचिव बालकृष्ण दङ्गालको उपस्थिति थियो । सोही अधिवेशनबाट झापा, मोरङ तथा सुनसरी जिल्ला कमिटी पनि गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्