सट्टेबाजी कसुरमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी

<span class='c1'>सट्टेबाजी कसुरमा पक्राउ परेकालाई छुटाइदिन्छु</span> <span class='c2'>भन्दै ४५ लाख ठगी</span>

काठमाडौं । अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन् । फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको करोडौंको बैंकिङ कारोबार रहेको खुलेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले सर्लाहीको मलंगवा–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरीलाई गत चैत २९ मा पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानबाट सञ्जय वान एक्स बेटिङका नेपाल एजेन्ट रहेको खुलेको थियो । सञ्जयको निर्देशनमा रामजी र राकेशले काम गरिररहेको खुलेपछि तीनै जनालाई पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो । मोबाइलको सिम कार्ड पनि बेच्ने सञ्जयले अर्काका कागजपत्र दुरुपयोग गरेर सिम चलाउने गरेको अनुसन्धानमा भेटिएको जनाएको प्रहरीले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आइपीएसमार्फत पैसाको कारोबार गरेको फेला पारेको थियो । गत वैशाख पहिलो साता प्रहरीले पत्रकार सम्मेलन गर्दै सञ्जयले पक्राउ पर्दासम्मको मितिमा ५७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको जनाएको थियो ।

थुनामा रहेका सञ्जयलाई छुटाइदिने भन्दै सिंहले ठगी गरेको खुलेको हो । प्रहरीका अनुसार सञ्जयका आफन्तसँग सम्पर्क गरी सिंहले ‘मेरो उच्च पदस्थ व्यक्तिहरुसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेतलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउछु’ विश्वास दिलाएर ठगी गरेका हुन् । सञ्जयका आफन्तलाई काठमाडौंका विभिन्न स्थानमा बोलाइ भेटघाट गरेर नगद २० लाख र चेकमार्फत थप २५ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले आइतबार जनाएको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्