१६ औं राष्ट्रिय उसु प्रतियोगिता हुने

<span class='c1'>१६ औं राष्ट्रिय</span> <span class='c2'>उसु प्रतियोगिता हुने</span>

काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय टोलीलाई आमन्त्रण गरिएको उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । थाउलो र सान्डामा गरी जम्मा २७ स्पर्धामा खेल हुनेछ । सहभागी सबैलाई बसोवास, खाना र आते–जाते खर्च आयोजकले उपलब्ध गराउने बताइएको छ ।प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका उसु महासंघका अध्यक्ष जनक बर्तौलाको संयोजकत्वमा ५ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ ।

कमिटीका सदस्यहरुमा उसु महासंघका उप–महासचिव महर्जनसहित सचिव नवीन बस्नेत, सदस्यद्वय शुभराम मुनाकर्मी र निराजन आले मगर रहेका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्