खेलकुद महासंघले माग्यो क्यानका अध्यक्षको राजीनामा

<span class='c1'>खेलकुद महासंघले माग्यो</span> <span class='c2'>क्यानका अध्यक्षको राजीनामा</span>

काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजकताका कारण नेपाल आईसीसीको निलम्बनमा परेको स्मरण गर्दै अहिले पनि नेपाली क्रिकेट त्यही अवस्थामा पुगेको जनाएको छ ।

विगतमा झै नेपाली क्रिकेटले पुःन प्रतिबन्धको मार झेल्नु नपरोस् भन्ने चिन्ता र चासो रहेको समेत महासंघ पदाधिकारीको भनाइ छ ।
‘सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएको सबैमाझ सर्वविदितै छ । सम्मानित उच्च अदालत, पाटनबाट उनले सफाई पाइसकेको अवस्था तथा नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरिसकेको अवस्थामा के कारण उनी नेपालको १५ सदस्यीय टोलीमा अटाउन सकेनन् ?यसको अविलम्ब छानविन होस् र उनलाई टिममा समावेश नगराउन प्रमुख भूमिका खेल्ने क्यान पदाधिकारीलाई कडाभन्दा कडा कार्बाही होस्,’जारी विज्ञप्तिमा भनिएको छ ।
क्यान अध्यक्ष चन्दले मुलुककै बेइज्जत गरेको महासंघको आरोप छ । ‘क्यान अध्यक्ष चतुरबहादुर चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’मध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनु पर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू श्रीमतीसहित अमेरिका पुगेपछि आइसीसीले टिम डाक्टर अनिवार्य टिममा हुनुपर्ने र अध्यक्ष भएर ’सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेर उनको नाम सूचीबाट हटाई उक्त स्थानमा डाक्टर समावेश गरेको सर्वविदितै छ,’महासंघका केन्द्रीय सचिव विप्लव घोषद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ । अन्तर्राष्ट्रियस्तरमा देशको शिर निहुर्याउने कार्य गर्ने क्यान अध्यक्षले नैतिकताको आधारमा आज नै राजीनामा दिनुपर्ने माग गर्दछौ ।’

क्यान अध्यक्ष चन्दलाई तुरुन्त नेपाल फर्काएर कार्बाही गर्न खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग महासंघले माग गरेको छ ।
क्यान अपादर्शी रहेको, पदाधिकारी अमेरिकामा जर्सी बेच्ने कार्यमा संलग्न रहेको, क्यानले विश्वकपका लागि उठाएको भनिएको चन्दा बैंक खातामा दाखिला नभएको, लेटर प्याडको दुरुपयोग गरेको भन्दै महासंघले आवश्यक अनुसन्धान गरि दोषीलाई यथाशीघ्र कारबाही गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्