प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

<span class='c1'>प्रधानमन्त्री दाहाल र भारतका</span> <span class='c2'>प्रधानमन्त्री मोदीबीच भेटवार्ता</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् ।

आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतकाबीचमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत विचार विमर्श भएको थियो । दाहालले मोदीसँग भेटमा छोरी गंगा दाहाललाई समेत साथै राखेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा समेत सहभागी भएका थिए ।
दाहाल आइतबारमात्रै भारत पुगेका पुगेका हुन् । टोलीमा दाहालकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरु संलग्न छन् ।

प्रधानमन्त्री दाहाल सोमबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्