मुख्यमन्त्री कार्कीद्वारा प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

मुख्यमन्त्री कार्कीद्वारा प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह बीच शपथ ग्रहण गराउनुभयो ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपालिका वडा नम्बर ९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका वडा नम्बर ६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका वडा नम्बर २ की नमिता न्यौपानेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु,प्रदेश योजना आयोगका उपाध्यक्ष लगायत कर्मचारी, विभिन्न मन्त्रालयका कर्मचारी एवं मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्