विराटनगर–४ की जानकीलाई कुटपिटबाट हत्या भएको माइतीपक्षको आरोप, श्रीमानसँग सोधपुछ

<span class='c1'>विराटनगर–४ की जानकीलाई कुटपिटबाट हत्या</span> <span class='c2'>भएको माइतीपक्षको आरोप, श्रीमानसँग सोधपुछ</span>

विराटनगर । विराटनगर ४ इक्राईकी जानकी मण्डललाई घरायसी विवादको कारण कुटपिट गरेर हत्या गरिएको माइतीपक्षले आरोप लगाएका छन् । विगत लामो समयदेखी दम्पतीबीच विवाद रहेकोले बुधबार बिहान जानकीको हत्या गरिएको आफन्तले दावी गरेका हुन् ।

आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी जानकी र उनका श्रीमान दिलिपबीच सम्बन्ध बिच्छेदको मुद्दा प्रक्रियामा रहेको थियो । दिलिपले कान्छी श्रीमती ल्याएको भन्दै जानकी डिभोर्सको प्रक्रियामा गएकी थिइन् । मंगलबार पनि अदालतमा पेसी थियो ।

मृतकका छोराले अदालतबाट फर्कनसाथ दिलिपले मंगलबार समेत कुटपिट गरेको दावी गरेका छन् । मोरङ प्रहरीले मृतकका श्रीमान दिलिप मण्डललाई सोधपुछ तथा प्रारम्भिक अनुुसन्धानको लागी नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेत जानकारी दिएका छन् । शव कोशी अस्पतालमा विराटनगरमा पोष्टमार्टमको लागि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्