शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’ प्रिमियरमा कसले के भने ?

<span class='c1'>शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड</span> <span class='c2'>टु डेथ’ प्रिमियरमा कसले के भने ?</span>

काठमाडौं । शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’को बुधवार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा फिल्म हेर्ने सबैले प्रशंसा गरेको बताए । उनले नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो चाहनालाई यो फिल्मले पुरा गर्ने बताए ।
अभिनेता सुलक्षण भारतीले फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताउँदै यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको दाबी गरे । अभिनेत्री रक्षा थापाले फिल्ममा धेरै भावना जोडिएको बताइन् । अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।

प्रिमियरमा सहभागी अधिकांश फिल्मकर्मीले अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये बिलकुल फरक बनेको र यो फिल्मले दर्शकलाई एउटा बाटोमा डो¥याउन सफल रहने प्रतिक्रिया दिए । उनीहरुले फिल्मको प्राविधिक पक्षलाई विशेष मनपराएका थिए । फिल्मको प्रिमियर इभेन्टलाई राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले ब्रान्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो । काठमाडौं फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता चन्दन झा हुन् । फिल्ममा साउथ फिल्मका छायाँकार शरण ऋषिको छायांकन छ । फिल्मका लाइन प्रोड्युसरहरू शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीरकुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत र विशाखाविक्रम थापा हुन्। त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन् ।

फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्