यही होइन र जीवनवृत्त !!

<span class='c1'>यही होइन र</span> <span class='c2'>जीवनवृत्त !!</span>

-जमुना पौड्याल
हुनु छ दृढ
र अटल
शैल जस्तै
अविचलित भइ
निरन्तर वहनु छ
वायु जस्तै
अविरल बग्नु छ
नदी जस्तै
प्रत्येक बिहान झुल्कनु

एक दिन अस्ताउनु छ
घाम जस्तै
नरोकिने समय हो जीवन
चलिरहन्छ
घुमिरहन्छ
लडिरहन्छ
उठिरहन्छ
विश्रान्ति छैन कतै

घुम्ती घुम्तीमा
बिसौनी छन् संवेगका
दन्दनी आगो जस्तै
बल्छ मान्छे
खाग बनाउँछ
क्षणभरमा मान्छेलाई
कहिले आफैँ
डाह
र ईर्ष्याले
भस्म हुन्छ मान्छे
दु:खले खिएर
भुइँमा भासिन्छ त
हर्षले उचालिएर
आकाशै छोउँला झै गर्छ
उकाली
र ओरालीको दोसाँधमा
उभिएको छ मान्छे
असरल्ल बनाएर यौवन

सिक्दै छ प्रकृतिबाट
जिन्दगी घिसार्न
सिक्दै छ समाजबाट
आफू उठ्न
अरूलाई उठाउन
र गिराउन
कर्तव्य
र दायित्वबाट भाग्दै
कहिले
जिम्मेवारी निभाउँदै
भोगिरहेको छ
कहरको समय
पिउँदै जहर
पलपल मरेर
जिउदो लास बोकेको
छ मान्छे
यही होइन र ?
जीवनवृत्त मान्छेको !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्