गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-दीपा तिम्सिना पौडेल
जिबनमा यस्तो ठूलो बज्रपात परेको बेला
के बोलौ खै म आखाबाट वर्षा झरेको बेला

यथार्थ र देखावट यी दुई फरक कुरा हुन्छ
आउन्न पसिनाको गन्ध अत्तर छरेको बेला

म प्रति भरोसा गर भन्छ साथी नगरौं कसरी
बिच भङ्गालोमा छाड्यो खोला तरेको बेला

खालि पेट र रितो गोजि धेरैनै घातक हुन्छ
कसरी भुलौं संघ्रर्ष आज गोजि भरेको बेला

जिउदो हुदा राम्रो हुन सकिएन आफ्ना सामु
हुने छु असल पर्ख म पनि पक्कै मरेको बेला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्