चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

-पारस भट्ट "प्यासी"
कसले के पो गर्ने हो बोल्न समेत डरेर बाच्नु परेको छ
म पिडित हुँ सबैको अपहेलित बनेर बाच्नु परेको छ

आफ्नै छोरिको बलत्कारीलाई पनि लुकाउनु बिवश छु
कानुनी कार्वाही समेत गर्न नसकेर बाच्नु परेको छ

अब त यो समाजले पनि कुरा काट्न थाली सकेछ
म एक गरिव हुँ दुख पीडा सबै सहेर बाच्नु परेको छ

मेरो पिडाको भारि सायद पिठ्युँमा पनि बोक्न सक्किन्न
रात दिन रोएको छु खुसी छु सम्झेर बाच्नु परेको छ

अन्याय अत्याचार सामन्तीहरुले सधैं गरेको देख्छु
आँखा हुँदाहुँदै पनि यहाँ अन्धो भएर बाच्नु परेको छ!!

सुदुरपश्चिम,बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्