ईन्टरनेटमा पहुँचसँगै मोरङमा साइबर अपराधका घटना बढ्दो

<span class='c1'>ईन्टरनेटमा पहुँचसँगै मोरङमा साइबर</span> <span class='c2'>अपराधका घटना बढ्दो</span>

इन्दु साह
विराटनगर । विराटनगरमा पछिल्लो समय ईन्टरनेट प्रयोगकर्ता सङ्ख्या बढ्दो छ । महानगरका घरैपिच्छे ईन्टरनेट प्रयोगकर्ता छन् । ईन्टरनेट प्रयोग गर्दा यसको फाईदा र बेफाईदा दुवै पक्ष हुन्छ । यदि यसको प्रयोगकर्ताले सदुपयोग गरे फाइदा र दुरुययोग गरे हानि पु¥याईरहेको छ ।

मानव जिवनको दैनिकीमा ईन्टरनेटले निकै टेवा पुर्याईरहेको हुन्छ । व्यापार, शिक्षा, खेलकुद, मनोरन्जन, सीप सिक्न, कला प्रदर्शन, देश विदेशमा भएका आफन्ता र साथीभाईसँग सम्पर्क गर्न लगायतका विभिन्न क्षेत्रमा यसको प्रयोग व्यापक रुपमा भएको पाईन्छ । ईन्टरनेट प्रयोग जहाँ जसरी भएपनि प्रयोकर्तामा यसलाई कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना हुन आवश्यक छ । साईवर सम्बन्धिका अपराध ईन्टरनेटको प्रयोगसँगै बढ्दै गएकोले सावधानी समेत अपनाउन सुरक्षा संयन्त्रको सुझाव छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार फेसबुक ह्याक, ओटिपी मागेर ठगी गर्ने, गोप्य तस्बिरहरु सार्वजानिक गरीदिने, ब्ल्याकमेलिङ, सोसल मिडियामार्फत गाली बेइज्जत गर्ने लगायतका अन्य विभिन्न विषयमा अपराध भईरहेको बताए । उनको अनुसार ईन्टरनेट मार्फत ठगी गर्ने व्यक्ति भने बढीमा युवा उमेर समुहको पाईएको छ ।

प्रवक्ता बस्नेत भन्छन् बैकबाट कर्मचारी बोलेको भन्दै मोबाईलको ओटिपी माग्ने र बैक अकाउन्टबाट पैसा चोरी गर्ने गरेको घटना समेत दोहोरिने क्रम बढ्दो रहेको छ । समाजमा साइबर सम्बन्धि ज्ञान र जनचेतना नहुँदा यस्ता घटनामा नागरिक फसिरहेको प्रहरीको समेत बुझाई छ । प्रहरीले समुदाय साझेदारी कार्यक्रम मार्फत विभिन्न वर्गका मानिसलाई साइबर सम्बन्धिका जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको प्रवक्ता बस्नेतको भनाई छ । यस्तो कार्यक्रम विद्यालयस्तरदेखि संस्था समाजसम्मा निरन्तर रुपमा संचालन गरी रहेको उनको भनाई छ । यस किसिमको कार्यक्रममा प्रहरीले अपरीचित व्यक्तिलाई फेसबुकमा साथी नबनाउने, बैंकको कर्मचारी बोलेको भन्दै कसैले बैंक खाता सम्बन्धि सुचना मागे त्यस्तो व्यक्तिलाई विश्वास नगर्ने, आफ्नो पासवर्डहरु अरुलाई नदिने, फेसबुकमा कसैको ईज्तआमतमा आच आउने किसिमले कुनै सामाग्री नहाल्ने लगायतका सामान्य जनचेतना मुलक ज्ञानहरु दिईरहेको बताए ।

मोरङ प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जम्मा ७ सय ३६ साइबर अपराधसँग सम्बन्धित उजुरी आएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा साइबर अपराध सम्बन्धिका ५ सय ९४ र आर्थिक वर्ष २०७८/७९ मा ६ सय ४५ उजुरी जिल्लामा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्