नागरिक सम्बन्धका निरन्तर यात्रा

<span class='c1'>नागरिक सम्बन्धका</span> <span class='c2'>निरन्तर यात्रा</span>

ओबी मिडिया प्रा.लि.ले आफ्नो यात्राको १३ औं वर्षमा पाइला टेकेको छ । नागरिकसँगको सम्बन्ध र सम्पर्कमा रहेर आवर विराटनगर डटनेट अनलाइन संस्करणले खेलिरहेको भूमिकाको महत्व जनमनमा रहेको हामीलाई आभास छ । यद्यपी आफ्नो प्रशंसालाई आफैंले कोर्नु त उचित नहोला तर हामीसँग भर परेर सूचना सम्प्रेषणमा नागरिक तहबाट खोजिएको भूमिकाले आत्माप्रशंसा भन्दा बढी आत्मासम्मान मिलेको अनुभुती भने पक्कै हुँदै आएको छ । अनवरत यात्रामा हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता, सूचनादाता सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

हामी निरन्तर सिकाईमा छौं । हामीले नागरिकसँग भर गरेर समस्यालाई शिरोपर गर्दछौं । नागरिक र राज्यबीचको पुलको रुपमा रहेर सुचनाहरुलाई सम्प्रेषण प्राथमिकतामा राख्ने गरेका छौं । तलका समस्या लिएर माथिसम्म पुग्ने सिँढी असजिलो छ । सञ्चारमाध्यमले आवाज नभएकाहरुको त्यो भनाईलाई सिँढी पार गराउन प्रयास गरिरहनु पर्दछ । जुन भूमिका कुनैपनि शर्तमा पुरा गर्ने वाचामा ओबी मिडिया निरन्तरतामा चलिरहेको छ । तर, यति भन्दाभन्दै कहिं कतै त्यो भूमिकामा हाम्रो पहल कमजोर पनि भएको हुनसक्छ । विगतको आत्मासमिक्षा गर्दै आगामी दिनमा त्यसलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

विगत तपाई पाठक र शुभेच्छुकसँगकै भरमा पाइला चालेको ओबी मिडियाले आगामी दिनपनि उहि भरको प्रतिक्षा गरेर बस्नेछ । हामीलाई सूचना उपलब्ध गराएर समाचार सामाग्रीको रुपमा राज्यको ढोकासम्म पु¥याउने उद्देश्य अबिराम रहोस् । हाम्रा श्रद्धेय पाठकप्रति सम्मान व्यक्त गर्दै आगामी दिनको सहकार्यमा अझै सम्बनधका आयामहरु जोडिदैं जाने आसा राखेका छौं । तेह्रौं वार्षिक उत्सवको अवसरमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्