विश्वास

<span class='c1'>विश्वास</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
विश्वासको एउटा खबर आउँथ्यो टोलमा
आषाको सञ्चार हुन्थ्यो चोकहरूमा
तिमी नबोल्नेहरूको आवाज
तिमी नदेख्नेहरूको चित्र
समाज रूपान्तरणको
यो महान अभियानमा
तिमी मेरो प्रेमी
मेरो अपनत्व
तिम्रा सबै अप्ठेरोहरूमा साथ
तिम्रा खुसीहरूमा अपनत्व
हर सफलताको शुभकामना ओबी

सभ्यताको चिनारी भएर फैल
मानिसहरूको सञ्चार भएर हुर्क
राद दिन भोक तिर्खा
निन्द्रा नभनी खटेका छौँ

आपत बिपत्ति सबै हेर्ने
घाम पानी झरी बादल नभनी
अहोरात्र खट्छौ सकेर जवानी
समाजको आँखाको बनेर तारा
सूचना पुर्याउँछौ दुनियाँ सारा
मनको बह रहेछ ठाउँ पोख्ने
हराएको खुसी रहेछ खोज्ने

बनेका छौँ जगतको प्रतीक
मानेका छन् दुनियाँले ठिक
फुलेर फलेर जाओस् वर्षै वर्ष
मान्न सकुँ हामीलेपनि हर्ष

कतिले भन्लान् खाराब छ यो
दागा धर्दै भन्लान् धराप छ यो
सुन्दर संसार मिलेर बनाउँ
विश्वासी बनेर समाजमा छाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्