शुभकामना ओबी तिमीलाई

<span class='c1'>शुभकामना ओबी</span> <span class='c2'>तिमीलाई</span>

-राजन प्रसाद न्यौपाने
नेपाली संस्कृति
पूर्वको मोती
राष्ट्रको इज्जत
जनताको भरोसा
विश्वमा नेपाली पहिचान
बन्दैछौ ओबी तिमी
अझै बढनु अगाडी
निडर र निष्पक्ष भएर
शुभकामना तिमीलाई ।

थाहा थिएन कसैलाई
अन्योलमा थिए पूर्वेलीहरु
त्यो बितेको दुर बेला
अनलाइन मिडिया भनेर
अनायसै तिमी उदायौ
अन्तुको माथि देखिने
सूर्यको किरणसरी
विराटनगरलाई कर्मभूमि पारी
बढिरहेछौ अगाडि
अविरल नदी जसरी
नरोकिनु कही कतै
शुभकामना तिमीलाई।

चर्चित तिमी पूर्वमा
होइनौ त्यतिकै भएका
बोक्यौ सिङ्गो पूर्वेलीभार
समाचार विज्ञापन र सूचनाको
प्रिय बन्यौ ,धड्कन जसरी जनताको
उद्यमशीलता अटायौ आफूमा
सामाजिक दायित्व बोकेर
देखायौ सबैमा
मिडियाको दर्पण तिमी बन्यौ
बिजिनेश एनालिस्ट पनि भयौ
अन्धकारको दिप बनेर
शिक्षाको ज्योती बालेर
सूचनाको हक दिलाउदै
फस्टाउदै गयौ तिमी
अझै फैलिउन तिम्रा जरा
शुभकामना तिमीलाई ।

अस्तित्वमा थिए त्यो बेला
रेडियो,छापा, टि भि केन्द्रतिर
थिएन कसैलाई बारेमा
मिडिया अनलाइनको पूर्वतिर
जोड्यौ अहिले बिश्वसंग विराटनगरलाई
चिनायौ बाँकी दृश्यमा
सिङ्गो नेपाललाई
समेटेर स्थानीय खबर
सम्पन्न भयो ओबी
विराटनगरमा रहेर
फरक छौँ तिमी अरु भन्दा धेरै
खोजेर गर्छौ प्रशारण प्रकाशन
सत्य तथ्य बुझेर खबरको
सार र श्रोत अझै
नयाँ आँट र उत्साह लिदै
नरोकिउन तिम्रा पाइला
शुभकामना तिमीलाई।
आफ्नो धर्म निभाएर पनि
चलाएकै छौँ
ओ बि पसल पनि त्यता तिर
खोलेकै छौँ ओबी
लर्निङ स्टुडियो पनि उतैतिर
गरेकैछौ ,सफ्ट स्किल ट्रेनिङ पनि
विराटनगर तिर
सिकाउछौँ ओबी मै
डिजिटल मार्केटिङका कुराहरु पनि
थाहा पाउछन् जनताले तत्कालै
घटना र समाचार
घरै बसी जान्दछन कमर्सियल र स्थानीय उत्पादन
एकीकृत प्लेटफर्म छदैछ
स्थानीय स्टार्ट अपलाई
सुनौलो अवसर दिएकैछ
पसे हुन्छ ओ बि डाइरेक्टरीमा
लिनलाई जानकारी
नयाँ ट्रेन्ड र विविध बिषयमा
प्रयास गरेकैछ
तोड्नलाई परम्परा पुरानो
मेहनत जारीछ
खोज र अनुसन्धानको
सधैं चम्किरहनु ओ बि तिमी
संचार माध्यम हरुको भिडमा
पूर्वमा उत्कृष्ट छदैछौ
नेपालभरी जगमगाउनु
अझै आस्थाले शिर उठाउने
गर्वले छाती फुलाउने
कर्मले सर्वोच्च बन्ने
प्रण गर्नु ओबी तिमी
शुभकामना तिमीलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्