म आवर विराटनगर हुँ

<span class='c1'>म आवर</span> <span class='c2'>विराटनगर हुँ</span>

-भूपाल अधिकारी
कागजका डुङ्गा झैँ नठान
म पत्थरको शिलालेखमा
कुँदिने नाम झैँ हुँ

विराट स्वरुप नियाल्ने
अर्जूनहरू
खोजिरहन्छन्
कृष्णझैँ सारथी

धृतराष्ट्रलाई युद्धको एकेक
खबर दिने
संजयझैँ
म संवाहक हुँ
चेत हुँ या
ज्योति बाहक हुँ

हावा बोक्ने पवन देव झैँ
पानीका देव वरुण झैँ या
हुँ वर्षाको कारक
इन्द्रदेव

म तार हुँ वीणाको
ह्दयको झङ्कार हुँ
या सरस्वतीलाई
बोक्ने हाँस हुँ

म झिल्का हुँ आगोको
म बुँद हुँ पानीको
सानो नठान
म सगरमाथाको सार हुँ

अन्धकार रातको बल्दो दियो झैँ
दाइको मियो झैँ
कपडा सिउने सियो झैँ
शरीरको फियो झैँ
या हुँ ग्यालिलियो झैँ

नठान कैँची झैँ
म होइन पोखरी झँ
न एकादेशकी जलकिन्नरी झैँ
म हुँ रातको जुनकिरी झैँ

बजाई अनेक खैंजडी
नठान झुम्राको पुतली
म हुँ कृष्णको बाँसुरी झैँ
या मिठा गीत गजल कहानी लेख्ने
म हुँ कलमको मसी झैँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्