नेपालीलाई आह्वान

<span class='c1'>नेपालीलाई</span> <span class='c2'>आह्वान</span>

-सुजता राई
यात्रा सकिएको छैन
गन्तव्य टाढा छ
हिड्न बाँकी छ
देशका लागि
दुश्मन विरुद्ध
लड्न भिड्न बाँकी छ।

कलम चलाएर
पार लागेन भने
खुडा खुकुरी तरवार
खेलाएर भए पनि
नेपाली संस्कार, संस्कृति, सभ्यता मास्नेलाई
सिमाना मिचेर भूगोल घिच्नेलाई
गिड्न बाँकी छ।

जुठा सिता खाएर
बिदेशीको गीता गाउनेहरुलाई
लुम्बिनी पशुपति सगरमाथाको कसम
अब चारपाटा मुडेर
देशको सिमाना कटाउनुछ।

पसिना बेचेर
नङ्रा खियाएर
आँसु पिउँदै
हड्डी गलाउदै
इमानले चलाएको जिन्दगी यो
आफ्नै बाँझो धर्ती जोतेर
सिमाना ठोकेर
नेपाली जातीको झन्डा फहराउनु छ
उठ नेपाली फेरि एकपटक
यो देश बचाउन र बनाउन
अझै वलिदानी आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्