बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य

<span class='c1'>बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य</span> <span class='c2'>बढायो, यस्तो छ नयाँ मूल्य</span>

विद्युतीय सवारी निर्माता बीवाईडीले नेपालमा उपलब्ध गाडीहरूको मूल्य बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी)मा कर बढाएसँगै कम्पनीले गाडीको मूल्य बढाएको हो ।

कम्पनीले आफ्ना गाडीहरूमा ९१ हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म मूल्य बढाएको हो ।

कुन गाडीको मूल्य कति ?

बीवाईडीको अट्टो थ्री एडभान्सको यसअघि ५५ लाख ९९ हजार रुपैयाँ रहेको मूल्य ९१ हजार रुपैयाँ बढेको छ । हाल यसको मूल्य बढेर ५६ लाख ९० हजार पुगेको छ । बीवाईडी एट्टो थ्री सुपिरियरको मूल्य एक लाख ९२ हजारले बढेर ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजारबाट एक लाख ३५ हजार रुपैयाँले बढेर ४१ लाख १५ हजार पुगेको छ । बीवाईडी सिल डाइनामिकको मूल्य पाँच लाख रुपैयाँले बढेर एक करोड १० लाख पुगेको छ । बीवाईडी सिल प्रिमियमको मूल्य ६ लाख ५० हजारले बढेर एक करोड ४५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बीवाईडी सिल पर्फमेन्सको मूल्य एक करोड ८५ लाख रुपैयाँबाट दशलाखले बढेर एक करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्