मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-दिपेन्द्र आचार्य
मुक्तक १
भाग्यमानी हुन्छन् जसको शिरमा आकाश हुन्छ
टेक्ने आफ्नै धर्ती अनि सास फेर्न बतास हुन्छ
विचारले मात्रै स्वभिमान साथ बाँच्ने भए मान्छे
आकाश धर्ती नभए लोकतन्त्रमा किन दास हुन्छ?

मुक्तक २
अँधेरी रातलाई जूनको साथ मीठो
एक्लो जीवनमा मायाको बात मीठो
दुखमा छाडी जाने एक्लो हातभन्दा
सङ्गै लड्खडाएको संघर्षको मात मीठो।।

मुक्तक ३
भक्तिमा पुजेको सत्कर्मको मन्दिर राम्रो
अरुको सम्मानमा झुकेको गुणी शिर राम्रो
अनिश्चित भविष्यमा निश्चित आउँछ मृत्यु
जीवन डुबाउने मुलभन्दा किनारा तिर राम्रो।।

मुक्तक ४
चिसो हुनु हिउँबाट सिक्नु
उम्रेर बड्नु बिउबाट सिक्नु
जल थल नभ सबमा छ ज्ञान
बाच्नु र मर्नु जिउबाट सिक्नु।।

पशुपति नगर(इलाम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्