-रिकेश निराैला
हाम्रो इनरुवा,
राम्रो इनरुवा सबैको प्यारो इनरुवा
सदरमुकाम सुनसरीको नाम हो इनरुवा ।
सबैकाे धार्मिक सांस्कृतिक सम्पदाले भरिपूर्ण हाम्रो इनरुवा
शिक्षाको ज्योती छर्दै,
विकासको बाटाेमा अघि बढ्छ इनरुवा ।
शिक्षा हाम्रो सम्पती हो, विकास हाम्रो पूर्वाधार
खेलकुद, कृषि, पर्यटन समृद्धिको आधार ।
विविध जाति, भाषा, धर्म, संस्कृतिका धनी हामी
विकासकाे पथमा अघि बढ्दै बन्नुपर्छ ज्ञानी ।
सुनसरी बग्छीन् सललल नसा नसा मेरो
सिता घाट हेरी रन्छीन सधैं सेरोफेराे ।
आफ्नो पालिकाको संवृद्धिलाई आत्मसम्मान ठानी -२
प्रण गर्छु, अघि बढ्छु यही मुलमन्त्र मानी ।
इनरुवा-०५,सुनसरी