चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

-सुजता राई
उमेर सँगसँगै जिन्दगी ढलिरहेको छ
समयले अझै पनि छलिरहेको छ

के छ र साथी केही छैन मसंँग,
यही एउटा जिन्दगी चलिरहेको छ

एउटा छोरा अमेरिका अर्को अष्ट्रेलियामा
सन्तान सुख नमिल्दा ज्यान गलि रहेको छ

घरमा रेखदेख गर्ने मान्छे नभएपछि,
वृद्धआश्रममा यो ज्यान पलिरहेको छ

सम्झिन्छु आफू, आफैंलाई धिक्कार लाग्छ,
आज धड्कन बढेर मेरो मुटु जलिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्