गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सरिता सेढाई
मायाको डोरी कसिलो पारी जिन्दगी बिताउँला
जीवनमा आँसुको थोपा नझारी जिन्दगी बिताउँला

आँटो रोटो जे पाक्छ घरमा रमाउँदै खाएर प्रिय
गुन्द्रुकको झोलले छाक टारी जिन्दगी बिताउँला

दुईदिने चोला हाँस्ने हो बोल्ने हो दिल खुला गरेर
बिघ्न र बाधा बिचैमा मठारी जिन्दगी बिताउँला

पवित्र मायामा लागेछ भने दुष्मनको नजर पनि
डाकेर धामी कुचोले बढारी जिन्दगी बिताउँला

मलजल बढी भएर झारपात आएछ भने नि
गोडेर हामी मायाको बारी जिन्दगी बिताउँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्