बुहारी तिम्रो के गल्ती

<span class='c1'>बुहारी तिम्रो</span> <span class='c2'>के गल्ती</span>

-पारस भट्ट "प्यासी"
कहाँ हुर्क्यौ कहाँ बढ्यौ
कहाँ लेख्यौ कहाँ पढ्यौ
आमाबुवा पनि राम्रै थिए,
हजुरबुबा आमा पनि राम्रै थिए!

दाइभाइ पनि सफा मन भएकै,
दिदिबहिनी पनि सफा मन भएकै,
छिमेकी पनि सहयोगि भावना कै
माइतिघर छँदा सम्म
तिमि पनि सभ्य र भब्य नै थियौ!

एकदिन तिमिले बिवाह त
गर्नु नै थियो अरुको घर
जानू नै थियो दुर्भाग्य यहि हो
गल्ती तिम्रो भाग्यको हो
तिम्रो भाग्य अभागी रहेछ
षड्यन्त्रकारीको परिवारमा
बुहारी भएर भित्रीनु पर्यो!

तिम्रो भाग्य बलियो भएको भए
कुनै राम्रो इमानदार परिवारमा
भित्रीन पाउँथ्यौ होला
तिमी एक असल छोरी
बुहारी नै रहिरहन्थ्यौ होला !

बिडिम्पना तिमिलाई त
त्यो परिवारको बिगत थाहानै छैन
त्यो परिवारका हर्कत थाहा'नै छैन्
रत तिमी ससुरा बा श्रीमान ज्यु कै
गरेको काममा सहभागी
हुनपरेको छ बाध्य भएर !

तिम्रो घरपरिवारको बारेमा
गहिरो भाव नबुझेर
तिमी अन्जानमा गल्ती गरिरहन्छेउ
त्यो अन्जानमा गरेको गल्ति
म गल्ती मान्दिन
बुहारी तिम्रो के गल्ती !

सुदूरपश्चिम, बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्